२०८३ बैशाख २६ गते शनिवार

राप्ती लाइफ केयरका नर्स तथा स्वास्थ्यकर्मीका लागि दक्षता अभिवृद्धि कार्यशाला


दाङ। तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलले आफ्ना नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीहरूको कार्यक्षमता र कौशलता अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यशाला गोष्ठी गरेको छ ।

अस्पतालमा कार्यरत जनशक्तिलाई आधुनिक चिकित्सा पद्धति र बिरामीको हेरचाहमा थप दक्ष बनाउन यो तालिम आयोजना गरिएको हो ।

कार्यशालामा विशेषगरी आकस्मिक कक्ष, ओपिडी, आइसियु, एनआईसियु, एचडियु, जीडब्लु, पोष्ट ओटी, ओटीमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको हो । प्रशिक्षक सरु चौधरीले तालिम प्रदान गर्नुभएको हो ।

अस्पतालको सेवालाई थप सुरक्षित, गुणस्तरीय र प्रविधिमैत्री बनाउन तालिमको आयोजना गरिएको अस्पतालका अपरेशन हेड भीमकला रिजालले बताउनुभयो । अस्पतालले प्रदान गर्ने सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउन यस्ता तालिमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।

प्रशिक्षक सरु चौधरीले सहभागीहरूलाई मेडिकल शिक्षाका नवीनतम आयाम, आपतकालीन उपचार पद्धति र बिरामीसँग गरिने व्यावसायिक व्यवहारका विषयमा प्रशिक्षण दिनुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस