दाङ । लगातार दुई दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ३५ अङ्कले घटेर २ हजार ६ सय ३५ विन्दुमा झरेको छ ।
आज फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल र उत्पादन समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।आज १ सय ८७ वटा कम्पनीको शेयर घटेकोमा ६२ वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज एसवाई प्यानल नेपाल कम्पनीको शेयर ८ दशमलव ४५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नारायणी विकास बैंकको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीको १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।














