२०८२ फाल्गुन २६ गते मङ्गलवार

दाङमा हिरासत कक्षमा रहेका एक थुनुवाको मृत्यु


दाङ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत कक्षमा रहेका एक थुनुवाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–४ बैबाङका २५ वर्षीय रोशन चौधरीको हिजो बुधबार मृत्यु भएको हो ।

बिहान एक्कासि बेहोस भएपछि चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले बताउनुभयो ।

चौधरीलाई मंसिर २८ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट ५ दशमलव १० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस