२०८२ फाल्गुन २६ गते मङ्गलवार

निर्वाचन प्रहरीका लागि दाङमा तीन हजार बढीको आवेदन

दाङ । निर्वाचन प्रहरीका लागि दाङमा तीन हजार बढीले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभामा निर्वाचनको सुरक्षाका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) माग गरिएकोमा आज अन्तिम दिनसम्म ३ हजार १६६ जनाले आवेदन दिएका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले निर्वाचन प्रहरीका लागि १ हजार १४० महिला र २ हजार २६ जना पुरुषले आवेदन दिएको बताउनुभयो । उहाँका अनुसार माघ ५ गतेदेखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङमा छनौट प्रक्रिया हुनेछ ।

माघ ४ गते सम्पर्कमा आउन पनि आग्रह गरिएको उहाँले बताउनुभयो । माघ १२ गते छनौटको अन्तिम नतिजा सार्वजनिक गरिने छ । आगामी निर्वाचनका लागि दाङमा प्रहरीले २ हजार ४१५ निर्वाचन प्रहरी छनौट गर्दैछ भने शसस्त्र प्रहरीले पनि ३०२ निर्वाचन प्रहरी छनौट गर्ने जिम्मेवारी पाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस