२०८२ फाल्गुन २९ गते शुक्रवार

आजदेखि पश्चिम नेपालमा वर्षा र हिमपात हुने संभावना

दाङ। आजदेखि पश्चिम नेपालमा वर्षा र हिमपात हुने संभावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि भोलि शनिवार बेलुकासम्म विशेष गरेर लुम्बिनी प्रदेशसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षासँगै उच्च हिमाली भूभागहरूमा मध्यम हितपात हुने सम्भावना पनि रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ १३ गते मङ्गलवार रातिदेखि फेरि सामान्य वर्षाको सम्भावना रहेको छ ।

अहिले देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । यस वर्षको हिउँदमा वर्षा र हिमपात कम हुनुका साथै तापक्रम औसतभन्दा माथि रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस