२०८२ फाल्गुन २९ गते शुक्रवार

लुम्बिनी राष्ट्रियसभा सदस्य निर्वाचन अपडेट : २७० जनाले गरे मतदान


दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दिउँसो १ बजेसम्म जम्मा २७० जनाले मतदान गरेका छन् ।

प्रदेश सभा तर्फ महिला २९ र पुरुष ४८ गरी जम्मा ७७ मत खसको छ, भने स्थानीय तह तर्फ महिला ७७ र पुरुष ११६ गरी जम्मा १९३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

दाङको घोराही –१५ स्थित कर्मचारी मिलन केन्द्रमा आज आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

लुम्बिनीमा तीन जना राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट आठ जना उम्मेदवाबीच प्रतिस्पर्धा हुँदै छ ।

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख उपप्रमुख गरी ३ सय ५ मतदाता रहेकोमा हाल २ सय ९९ मतदाता छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न ४ प्रदेश सभा सदस्य र एक पालिका प्रमुखले राजिनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेकाले मतदाता संख्या घटेको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस