२०८२ फाल्गुन २९ गते शुक्रवार

आज र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना


दाङ । पश्चिम नेपालमा फेरि पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो लुम्बिनी र गण्डकी प्रदेशसम्म फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दाङ उपत्यकामा आज बिहान घाम लागेको छ । तर दिउँसोपछि बदलीको संभावना छ । ठुलो वर्षाको संभावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएरातिदेखि सुदूरपश्चिम क्षेत्रबाट न्यून चापीय प्रणाली सक्रिय भएको यसको प्रभाव आज बेलुकापछि पूर्वतर्फ सर्नेछ ।

गएको शुक्रवार र शनिवार दुई दिन पश्चिम नेपालमा वर्षासँगै उच्च क्षेत्रमा हिमपात भएको थियो । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार आज र भोलि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा हुने भए पनि ठूलो झरी पर्ने छैन ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस