२०८२ माघ २५ गते आइतवार

शेयर बजार सामान्य बढ्यो


दाङ । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०८ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ५९ विन्दुमा पुगेको छ ।

आज बैंक, लगानी, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय ४१ वटा कम्पनीको शेयर बढेकोमा १ सय १२ वटाको घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सामान्य बजार बढेको दिन गुलविल फाइनान्स कम्पनीको डिबेन्चर २०८३ सबैभन्दा धेरै ८ दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ सय ३४ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर ११ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस