२०८३ बैशाख ४ गते शुक्रवार

शिक्षकहरूलाई धन्यवाद ज्ञापन

दाङ । तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फार्मेसी संकाय अन्तर्गत पहिलो ब्याचका विद्यार्थीहरूले एक विशेष कार्यक्रमको आयोजना गरी आफ्ना सम्पूर्ण शिक्षकहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

शिक्षालयका उपप्रमुख गोपाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरूले आफ्नो तीन वर्षे अध्ययन अवधिको अनुभव साट्दै गुरुहरूले प्रदान गरेको ज्ञान र मार्गदर्शनप्रति आभार प्रकट गरेका छन् ।

कार्यक्रममा नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुलभ अधिकारी र फार्मेसी संघ दाङ जिल्लाका अध्यक्ष श्याम कुमार गिरीको विशिष्ट उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा फार्मेसी कोर्डिनेटर रेणु खड्का, फार्मेसी प्रशिक्षकहरू इन्द्र भण्डारी, बे्रेकफाष्ट न्यौपाने र प्रकाश न्यौपाने लगायत कानुन तथा अन्य संकायका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो । धन्यवाद ज्ञापन कार्यक्रमको सञ्चालन फार्मेसी अध्ययनरत छात्र तुलराज बरालले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस