२०८३ जेष्ठ २० गते बुधवार

रवि लामिछानेको फराकिलो जित, ३९ हजारभन्दा बढी मतान्तर

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । शनिबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै आफ्नो विजय सुनिश्चित गर्नुभएको हो ।

यस क्षेत्रमा खसेको कुल ८७ हजार २८ मत गणना गर्दा उहाँले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्नुभएको हो । लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ । विजयी लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ ।

यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत पाउँदा नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस