दाङ । एलपी ग्यासको अभाव अत्याधिक देखिन थालेपछि तुलसीपुरमा नेपाल आयल निगमको निगरानीमा ग्यास बिक्रि गर्न थालिएको छ । व्यवसायीले चिनेजानेको व्यक्तिलाई दिने गरेको गुनासो आएका कारण तुलसीपुरमा आजदेखि निगम र प्रहरीको निगरानीमा ग्यास बिक्रि गर्न थालिएको नेपाल आयल निगम तुलसीपुरका प्रमुख बिनोद बस्नेतले बताउनुभयो ।
सरकारले पर्याप्त मात्रामा ग्यास आइरहेको दावि गरिरहेको छ । तर उपभोक्ताले सहजै ग्यास पाउन सकेका छैनन् । निगम प्रमुख बस्नेतले छिटै नै समस्याको समाधान हुने दावि गर्नुभएको छ । उहाँले उपभोक्तालाई सकेसम्म घरमा संचित नगरि आवश्यक परेकोमात्रै लैजान आग्रह गर्नुभयो ।
नेपाल आयल निगमका अनुसार आज तुलसीपुरमा राप्तीका ३९० ग्यास सिलिण्डर बिक्रि गरिएको छ । डिलरको सहकार्यमा निगमकै निगरानीमा ग्यास सिलिन्डर वितरण कार्यलाई भोलि पनि निरन्तरता दिने प्रमुख बस्नेतले बताउनुभयो ।





















