२०८३ साउन २३ गते शनिवार

तुलसीपरमा दुग्ध व्यवसायी संघको नयाँ कार्यसमिति चयन

दाङ। तुलसीपुरमा संचालित डेरी व्यवसाय संचालक एकतावद्ध भएका छन् । दुग्ध व्यवसायी संघको शनिबार तुलसीपुरमा भएको प्रथम भेलाले ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

संघको अध्यक्षमा पशुपति डेरीका अर्जुन बस्नेत, उपाध्यक्षमा त्रिवेणी डेरीका सुबिन बस्नेत, सचिवमा आमा डेरीका देवराज भण्डारी, सहसचिवमा लक्ष्मी डेरीका सरोज खनाल, कोषाध्यक्षमा साहारा डेरीका चन्द्र बहादुर डाँगी चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा हाम्रो पहुँच डेरी उद्योग, दिव्यज्योति दुग्ध उत्पादक सहकारी संस्था, कृष्ण डेरीका बालकृष्ण डाँगी, गंगा डेरीका सुमन खरेल, बिजौरी डेरीका शिव बहादुर पुन र महालक्ष्मी डेरीका मेघराज रेग्मीलाई चयन गरिएको छ ।

अर्जुन बस्नेतको अध्यक्षतामा भेलाको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठ र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले उपभोक्ताको हित हुने गरी व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण देवराज भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस