२०८३ जेष्ठ १९ गते मङ्गलवार

आज शेयर बजार ५४ अङ्कले बढ्यो


दाङ । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले बढेर २ हजार ९ सयको विन्दु पार गरेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५१ अङ्कले बढेर २ हजार ९ सय ३१ दशमलव ५५ विन्दुमा पुगेको हो ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढ्दा लघुवित्तको शेयर ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै होटल तथा पर्यटन समूहको शेयरमा ३ प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ । बैंक, विकास बैंक, फाइनान्स, बीमा समूहको शेयर पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ६ वटा कम्पनीका शेयरमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । अरू ३ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन एनआईसी एशिया ब्यालेन्स फन्डको शेयर भने झन्डै ६ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बिहीवार २१ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३६४ वटा कम्पनीका ६ करोड १४ लाख कित्ता शेयर २३ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको छ । आजको कारोबार रकम ८ महिनायताकै धेरै हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस