२०८३ जेष्ठ १७ गते आइतवार

लामीदमारमा निशुल्क स्वास्थ्य सेवा


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ लामीदमारमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । जनसेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा राप्ती लाइफ केयर अस्पतालको प्राविधिक सहयोगमा शनिबार एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

शिविरमा उच्च रक्तचाप, मधुमेह र अक्सिजनको लेवल जाँच गरिएको छ भने स्वास्थ्य समस्याबारे परामर्श गरिएको छ । शिविरमा १५० जनाले सेवा लिएका छन् ।

जनसेवा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन भण्डारीको अध्यक्षता तथा राप्ती लाइफ केयर अस्पतालका कार्यकारी अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा अध्यक्ष रिजालले सरकारले पनि स्वास्थ्य उपचार सेवालाई सहज र सरल बनाउन नसकेको बताउनुभयो । उहाँले स्वास्थ्य उपचार सेवालाई नीजि क्षेत्रले सहज बनाएर सरकारलाई सहयोग गरिरहेको बताउनुभयो ।

अध्यक्ष रिजालले राप्ती लाइफ केयर अस्पतालले गाउँ–गाउँमा पुगेर निशुल्क स्वास्थ्य शिविर संचालन गरी नागरिकलाई स्वास्थ्य उपचारमा घरदैलो सेवा दिइरहेको बताउनुभयो । उहाँले आम नागरिकलाई स्वास्थ्यलाई प्राथमिकतामा राखेर खानपिनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष जीवन भण्डारीले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत राप्ती लाईफ केयर अस्पतालसंगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताउनुभयो ।

शिविरमा सहकारीका उपाध्यक्ष खिमराज जैशी, सदस्यहरु, पुष्कर भुषाल, पदम खड्का, देवा भुषाल, दामा पोखरेल, राप्ती लाइफ केयर अस्पताल तुलसीपुरका एडमिनिस्ट्रेशन तथा अपरेशन इन्चार्ज तुलराज बराल, आइसियु इन्चार्ज सरु चौधरी, बिजनेश डेभलभमेन्ट म्यानेजर पंकज चौधरी, नर्स राधा केसी लगायतका सहभागी रहनुभएको थियो । स्थानीय समाजसेवी महेन्द्र खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जनसेवा वचत तथा ऋण सहकारी संस्थाका सचिव दिपक केसीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस