दाङ । पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ ।
नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँले तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँले भाउ घटेको छ ।
दाङर र सुर्खेतमा यसअघि २१८ रहेको पेट्रोलको भाउ अब २१६ रुपैयाँ भएको छ । यस्तै खाना पकाउने ग्यासको भाउ १५० रुपैयाँले बढेको छ । जस अनुसार, अब खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ ।
यसअघि पूरा सिलिण्डरको २ हजार १० र आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ थियो । त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर ४६ डलरले बढेको निगमले जनाएको छ ।















