२०८३ असार ३ गते बुधवार

११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ


दाङ । दाङको तुलसीपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका निवासी २२ वर्षीय चुडामणी डाँगी रहेको प्रहरीले जनाएको छ । उनले ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको हो ।

घटनापछि प्रहरीले डाँगीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस