२०८३ साउन २८ गते बिहिवार

रोल्पामा पहिरोमा परी दुई जनाको मृत्यु

रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण पहिरो खस्दा थबाङ गाउँपालिका–५ कोटलबारा दुई जनाको मृत्यु भएको हो ।

पहिरोमा परी थबाङ गाउँपालिका–५  कोटलबारा निवासी १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख पञ्चकुमार बाखुका अनुसार बुधबार राति करिब पौने ९ बजे माथिबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ । यसबारेमा थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस