तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको १९ औँ नगर सभाको बैठक आज बस्ने भएको छ । उपमहानगरपालिकाको कार्यालयका अनुसार बैठक बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरास्थित तुल्सीपुर मेट्रो कलेजको सभाहलमा बैठक आह्वान गरिएको छ । नगर सभामा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट लगायतका महत्त्वपूर्ण विषयहरूमा छलफल हुने छ ।

















