२०८३ असार ५ गते शुक्रवार

विद्यालय परिसरमा सूर्तीजन्य पदार्थ र जंकफूड बिक्रिवितरणमा रोक लगाउने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले विद्यालय परिसरमा जंकफूड बिक्रिवितरणमा रोक लगाउने नीति अघि सारेको छ ।

नगरप्रमुख टिकाराम खड्काले शुक्रबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा विद्यालय परिसर र वडा कार्यालय परिसरमा जंकफूड बिक्रि वितरणमा रोक लगाउने बताउनुभयो ।

यस्तै विद्यालय र वडा कार्यालय परिसरमा सूर्तीजन्य पदार्थ र मादक पदार्थ पनि बिक्रिवितरणमा रोक लगाउने नगरले नीति लिएको नगरप्रमुख खड्काले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस