दाङ । तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले संचालन गरेको वचत तथा ऋण विभागका कर्मचारीलाई शनिबार क्षमता विकास तालिम प्रदान गरिएको छ ।
कर्मचारीको कार्यदक्षता अभिवृद्धि, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, सदस्यमैत्री व्यवहार तथा सहकारीको व्यावसायिक अनुशासनका विषयमा प्रशिक्षण गरिएको हो ।

विभागीय प्रमुख रेखा शर्माको अध्यक्षतामा तालिम संचालन भएको हो । कर्मचारीलाई संस्थाका अध्यक्ष शुक्रराज भण्डारी, प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारी, विभागीय प्रमख रेखा शर्माले प्रशिक्षण दिनुभएको हो ।

प्रशिक्षकहरूले सहकारी सेवाको गुणस्तर सुधार, सदस्यप्रति जिम्मेवार सेवा, कार्यसम्पादनमा दक्षता तथा संस्थागत विकासका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । संस्थाले कर्मचारीको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै सेवाको गुणस्तर थप प्रभावकारी बनाउन यस्ता तालिमलाई निरन्तरता दिने जनाएको छ ।



















