२०८३ साउन १ गते शुक्रवार

राष्ट्रिय झण्डाको सम्मानमा जय जीव दर्शनका युवा अभियन्ता, तुलसीपुरमा च्यातिएको झण्डा फेरियो

दाङ । दाङको तुलसीपुरस्थित ‘जय जीव दर्शन’मा आस्थावान युवा अभियन्ताहरूले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रशंसनीय कार्य गरेका छन् ।

राष्ट्रियता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्ने उद्देश्यले ती युवाहरूले तुलसीपुरको माछापुच्छ्रे टोल विकास संस्थाको गेटमा रहेको च्यातिएको राष्ट्रिय झण्डालाई हटाएर नयाँ झण्डा राखेका छन् ।

लामो समयदेखि च्यातिएको अवस्थामा रहेको झण्डालाई सम्मानपूर्वक फेर्दै युवाहरूले राष्ट्रिय झण्डाको सम्मान र संरक्षण गर्नुपर्छ भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह गरेको जय जीवका द्रष्ट उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

आफ्नो देशको पहिचान र गौरवको प्रतीक मानिने राष्ट्रिय झण्डाको उपेक्षा भइरहेको अवस्थामा युवाहरूले देखाएको यो सक्रियतालाई स्थानीयबासीले निकै प्रशंसा गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस