२०८३ साउन ६ गते बुधवार

राप्ती बबई क्याम्पसका विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी कक्षा

दाङ। तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले राप्ती बबई क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कक्षा संचालन गरेको छ ।

विद्यार्थीहरूमा वित्तीय ज्ञान, बचत गर्ने बानी र आर्थिक व्यवस्थापन सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले बिहिबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

हाम्रो पहुँच बहुद्दउश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारीको अध्यक्षता तथा राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि पार्धेले वित्तीय साक्षरताको महत्त्व निकै रहने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आर्थिक रूपमा जिम्मेवार बन्न सिकाउने धारणा व्यक्त गर्नुभयो ।

वित्तीय साक्षरता कक्षामा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले प्रशिक्षण गर्नुभएको हो । उहाँले विद्यार्थीहरूलाई पैसाको सही सदुपयोग, बचतका फाइदा, ऋण परिचालन र डिजिटल बैंकिङका विषयमा विस्तृत रूपमा प्रशिक्षण दिनुभएको हो ।

कार्यक्रममा विद्यार्थीहरुसंगै क्याम्पसका सहायक प्रमुखहरू, सह–प्राध्यापक तथा प्राध्यापकहरूका साथै सहकारी संस्थाका बचत तथा ऋण विभाग प्रमुख रेखा शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस