२०८३ साउन ५ गते मङ्गलवार

होटल व्यवसायमा थपिदै लगानी : चार जना युवाले संचालनमा ल्याए ‘टप गेस्ट हाउस एण्ड रेस्टुरेन्ट’


दाङ । होटल व्यवसायमा लगानी थपिदै गएको छ । रोजगारीको लागि विदेश जाने परम्पराको विकास भइरहेका बेला केहि युवाले स्वदेशमै संभावना खोज्न थालेका छन् । तुलसीपुर बिहिबारमात्रै चार जना युवाले संयुक्त लगानी गरेर आधुनिक सुविधा सम्पन्न होटल संचालनम ल्याएका छन् ।

तुलसीपुर उपमहानगरपालिका ५ नयाँ बसपार्क क्षेत्रमा आधुनिक सुविधा सम्पन्न टप गेस्ट हाउस एण्ड रेस्टुरेन्ट औपचारिक रूपमा सञ्चालनमा आएको हो । हेमन्त प्रकाश ओली, सुरेन्द्र परियार, प्रकाश ओली र बाबुराम खत्रीको संयुक्त लगानीमा स्थापना गरिएको गेस्ट हाउस एण्ड रेस्टुरेन्टको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले निजी क्षेत्रको लगानीले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन र सेवा क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

उहाँले स्वच्छता, गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । सञ्चालकका अनुसार नयाँ बसपार्क क्षेत्रमा आउने यात्रु, व्यवसायी तथा अन्य आगन्तुकलाई सहज, सुरक्षित र गुणस्तरीय आवास तथा खानपान सेवा उपलब्ध गराउने उद्देश्यले गेस्ट हाउस सञ्चालनमा ल्याइएको हो ।

तुलसीपुरको आतिथ्य सेवा क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता सञ्चालकहरूले व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस