दाङ । वैदेशिक रोजगारी र अध्ययनका लागि युवाहरू विदेश पलायन भइरहेका बेला दाङका एक युवाले स्वदेशमै स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गरेका छन् ।
तुलसीपुर–७ निवासी चुडामनी देवकोटाले आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै तुलसीपुर–५ अस्पताल लाइनमा ‘रुकमेली बेबी सप एण्ड वेलनेस सेन्टर’ सञ्चालनमा ल्याल्नुभएको हो ।
शुक्रबार औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याइएको उक्त सेन्टर करिब ६ लाख रुपैयाँको लगानीमा तयार भएको सञ्चालक देवकोटाले जानकारी दिनुभयो ।
पछिल्लो तीन वर्षदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील देवकोटाले यसअघि मेडिकल सञ्चालन गरी ६ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिँदै आउनुभएको छ ।
नयाँ सञ्चालनमा आएको बेबी सपमा शिशु हेरचाह (बेबी केयर), मातृत्व हेरचाह (मदर केयर), जनरल सर्जिकल तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीहरू एकै ठाउँबाट उपलब्ध गराइने उहाँले बताउनुभयो ।
स्वदेशमै स्वरोजगार बन्दै अरूलाई पनि रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लगेको सञ्चालक देवकोटाको भनाइ छ ।






















