२०८३ कार्तिक २० गते शुक्रवार

तुलसीपुरका युवा अरुण लहरेद्वारा बाढी प्रभावितलाई आर्थिक सहयोग

तुलसीपुर। दाङको तुलसीपुरका युवा अरुण लहरेले बाढी तथा पहिरो प्रभावित नागरिकहरूको राहत र उद्धारका लागि आर्थिक सहयोग गर्नुभएको छ । रसुवामा आएको बढीपहिरोको प्राकृतिक विपत्तिले सर्वसाधारण समस्यामा परेका बेला युवा लहरेले ३२ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो।

सामाजिक उत्तरदायित्व बोध गर्दै उहाँले उक्त रकम बाढीपीडितको सहयोगका लागि सञ्चालित कोषमा हस्तान्तरण गर्नुभएको छ । विपद्को यस कठिन परिस्थितिमा साना–ठूला सबै प्रकारका सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुग्ने भन्दै उहाँले अन्य युवा तथा व्यवसायीहरूलाई पनि आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि अघि बढ्न अपिल गर्नुभएको छ । लहरे राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस