२०८३ भाद्र २७ गते शनिवार

राप्ती इञ्जिनियरिङ कलेजद्वारा बाढी प्रभावितलाई १ लाख ५१ हजार रुपैयाँ सहयोग

दाङ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङले १ लाख ५१ हजार ९ सय ७० रुपैयाँ सहयोग गरेको छ ।

कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी तथा कलेजको तर्फबाट रकम संकलन गरी उक्त सहयोग गरिएको हो । संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको कलेजले जनाएको छ ।

बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कलेजले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनःस्थापनाका क्षेत्रमा सामाजिक उत्तरदायित्व कायम राख्ने कलेजले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस