२०८३ मङ्सिर ६ गते आइतवार

तिहारमा पटका पड्काउँदा बालक जलेर गम्भिर घाइते

तस्बिर : एआई

चितवन ।तिहारका दिन पटका पड्काउँदा एक बालक गम्भिर घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका-२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो ।

पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ । आगलागीबाट घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकको मृत्यु

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस