२०८३ मङ्सिर ६ गते आइतवार

रोल्पामा गुडिरहेको ईभी गाडीबाट खसेर एक जना गम्भीर घाइते


रोल्पा । रोल्पामा गुडिरहेको ईभी गाडीको ढोकाबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका–५ स्थित जनजागृति स्कुलको गेट नजिकै लिवाङबाट जुगारतर्फ जाँदै गरेको भे १ ज १७६२ नम्बरको ईभी गाडीबाट खस्दा त्रिवेणी गाउँपालिका–३ छाप निवासी ३० वर्षीय गणेश घर्ती मगर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति करिब ८ बजेतिर गाडीको ढोकाबाट खस्नु भएको हो । उहाँको टाउकोमा चोट लागेको छ ।

घटनालगत्तै प्रहरी र ट्राफिक प्रहरीको टोलीले घाइतेलाई स्थानीय नेर्पा स्वास्थ्य चौकीमा पुर्‍याएको थियो । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गाडीमा सवार अन्य आठ जना यात्रुलाई भने गन्तव्यतर्फ पठाइएको छ । गाडी चालक त्रिवेणी गाउँपालिका–६ कालीपानी निवासी २५ वर्षीय राजु परियार र ईभी गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस