२०८३ मङ्सिर ६ गते आइतवार

लमहीमा भ्रमणबाट आउँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते


दाङ । दाङको लमहीमा भ्रमणबाट आउँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाँउ बस्ने २० वर्षीया पूर्णिमा थापा र २१ वर्षीया अनिषा सुनार, बर्दियाको बाँसगढी नगरपालिका–३ निवासी १९ वर्षीय जीवन सुनार, २० वर्षीय सन्दीप सुनार, १८ वर्षीया सन्ध्या सुनार, १८ वर्षीया निरुता सुनार, १९ वर्षीया प्रज्ञा सुनार, १६ वर्षीया आकृति सुनार, १९ वर्षीय हरिकृष्ण नेपाली, १६ वर्षीया मनिषा सुनार, १८ वर्षीया पूजा सुनार, दीपक सुनार, १६ वर्षीया पुष्पा सुनार र २२ वर्षीय करण सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान साढे ८ बजेतिर लमही नगरपालिका–९ शिवखोला नजिक पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको हो ।

बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख ३३१० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । बस लुम्बिनी भ्रमण गरेर कोहलपुर फर्किरहेको थियो ।

बस बाँकेको कोहलपुर नगरपालिका–१४ हल्दारपुरका २६ वर्षीय राजकुमार विकले चलाएका थिए । बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेकोमा १४ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्य ३७ जना यात्रुको अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेको बस, चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस