२०८३ मङ्सिर ६ गते आइतवार

तुलसीपुर–घोराही सडकमा पेट्रोल बोकेको ट्यांकर पल्टियो, चालक सकुशल


दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको पेट्रोल बोकेको ट्यांकर दुर्घटनामा परेको छ ।

तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ स्थित संगम स्वर्गद्वारी पेट्रोल पम्प अगाडि ना ४ ख ९९१६ नम्बरको ट्यांकर शनिबार दिउँसो पल्‌िटएको हो ।

नेपाल आयल निगम तुलसीपुरका प्रमुख विनोद बस्नेतका अनुसार शनिबार दिउँसो करिब साढे १ बजे ट्यांकर अनियन्त्रित भएर सडकमा पल्‌िटएको हो । ट्यांकरमा २० हजार लिटर पेट्रोल रहेको थियो ।

दुर्घटनामा ट्यांकर चालक प्रदेशु चौधरी सकुशल रहेको प्रहरीले जनाएको छ । ट्यांकर पल्‌िटँदा केही मात्रामा पेट्रोल सडकमा पोखिएको छ ।

दुर्घटनापछि क्रेनको सहायताले ट्यांकर उठाइसकिएको र अहिले सडक पूर्णरूपमा सञ्चालनमा आएको नेपाल आयल निगम तुलसीपुरका प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस