२०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

दाङ। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गर्नु भएको छ । उहाले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नु भएको हो । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

यसैबिच सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल गर्नुभएको छ ।

अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले शम्भु थापा, टिकाराम भट्टराई, पुर्णमान शाक्य, भिमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसीलाई परामर्शका लागि बोलाइएको थियो ।

सरकारले सिफारिस गरेका अन्य अध्यादेशबारे राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श लिन लाग्नु भएको छ । संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस