२०८३ साउन २६ गते मङ्गलवार

राप्ती बबई क्याम्पसमा अध्ययनरत छात्राको निधनमा आज शोक बिदा

तुलसीपुर। सवारी दुर्घटनामा निधन भएकी तुलसीपुर–११ कटाह निवासी कल्पना केसीको निधनको शोकमा तुलसीपुरस्थित राप्ती बबई क्याम्पसले आज शोक बिदा दिएको छ ।
स्नातक तह व्यवस्थापन संकाय दोस्रो वर्षमा अध्ययनरत छात्रा केसीको साउन २१ गते सवारी दुर्घटनामा परी निधन भएको हो । छात्राको निधनप्रति क्याम्पस परिवारले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

क्याम्पस प्रशासनले शोक व्यक्त गर्दै आज क्याम्पसमा शोक बिदा दिने निर्णय गरेको छ । क्याम्पस प्रमुख गणेश पार्धेद्वारा जारी सूचनाअनुसार मङ्गलवार क्याम्पसका पठनपाठन लगायतका नियमित कार्यहरू स्थगित रहनेछन् ।

तथापि, स्नातक तह प्रथम वर्षको प्रवेश परीक्षा, बि एड चौथो वर्षको अभ्यास शिक्षणको बाह्य परीक्षण र बि बि एस चौथो वर्षको फाइनल प्रोजेक्ट वर्कको मूल्याङ्कन पूर्व निर्धारित समय तालिका अनुसार नै सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस