२०८३ जेष्ठ ११ गते सोमवार

राप्ती प्रादेशिक अस्पताललाई दुईसय शैयामा स्तरोन्नति गरिने


दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई दुई सय शैयाको अस्पतालमा स्तरोन्नति गरी सेवा विस्तार गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वाधार र मापदण्ड पूरा गरेका अन्य अस्पतालहरुलाई पनि आवश्यकताका आधारमा क्रमशः स्तरोन्नति गर्दै लगिनेछ ।

त्यसैगरी नीति तथा कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गरिने विषयसमेत समावेश गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस