२०८३ जेष्ठ २३ गते शनिवार

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ


दाङ । श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।

विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ । शुक्रबार राति १० बजेतिर रड प्रहारबाट गम्भीर घाइते भएका भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ । पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस