२०८३ जेष्ठ ३० गते शनिवार

दाङमा एक सातामा १० जना फरार प्रतिवादी पक्राउ


दाङ । दाङमा एक साताको अवधिमा १० जना फरार प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले दाङ प्रहरीले एक साताको अवधिमा विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ हो

२१ गतेदेखि जेठ २८ गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले विशेष खोजतलास अभियान सञ्चालन गरी विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका १० जनाबाट कुल ९ हजार ३ सय रुपैयाँ जरिवाना असुल गरिएको छ । उनीहरूविरुद्ध अदालतले ६ वर्ष २ दिन कैद सजाय फैसला गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पेश गरिएको छ । फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस