२०८३ असार ३ गते बुधवार

खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा एक महिला गम्भीर घाइते


रोल्पा । रोल्पामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा एक महिला गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेलीका अन्दाजी २४ वर्षका रुपा राना रहेको रोल्पा प्रहरीले जनाएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेली घर भई हाल वडा नम्बर २ चौधारा माइतीघर ८ दिनअघि आएकी राना आज बुधबार विहान साढे ७ बजेतिर भान्सामा खाना पकाइरहेको बेला प्रेसर कुकर अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार रानाको अनुहार, ढाड, दाहिने हात र बायाँ खुट्टामा गम्भीर चोट तथा पोलेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रानालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक सुनील थापा नेपालीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस