दाङ । तुलसीपुर उपमहानगरपालिकाले विद्यालय परिसरमा जंकफूड बिक्रिवितरणमा रोक लगाउने नीति अघि सारेको छ ।
नगरप्रमुख टिकाराम खड्काले शुक्रबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा विद्यालय परिसर र वडा कार्यालय परिसरमा जंकफूड बिक्रि वितरणमा रोक लगाउने बताउनुभयो ।
यस्तै विद्यालय र वडा कार्यालय परिसरमा सूर्तीजन्य पदार्थ र मादक पदार्थ पनि बिक्रिवितरणमा रोक लगाउने नगरले नीति लिएको नगरप्रमुख खड्काले बताउनुभयो ।



















