दाङ । बिजौरी उद्योग वाणिज्य संघको १३ औं वार्षिक साधारणसभा तथा छठौँ अधिवेशन शनिबारदेखि विजैरीमा सुरु भएको छ ।
संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । साधारणसभा तथा अधिवेशनको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले उद्घाटन गर्नुभएको हो।
त्यस अवसरमा रोल्पा मार्गलाई जोड्ने सडक खण्डमा नवनिर्मित प्रवेशद्वारको समेत उद्घाटन गरिएको छ । धार्मिक तथा पर्यटकीय स्थल प्युठानको स्वर्गद्वारीको व्यापक प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुऱ्याउने उद्देश्यसहित उक्त गेट निर्माण गरिएको हो ।
गेटको नगरप्रमुख खड्काले उद्घाटन गर्नुभएको हो । उहाँले यस क्षेत्रको आर्थिक र पर्यटकीय विकासमा यो संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
संघका उपाध्यक्ष डिल्लीबहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गर्नुभएको हो । अधिवेशनले संघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

















