दाङ। नेपाल आयुर्वेद चिकित्सक संघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । अधिवेशनले डा. कैलाश न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको सदस्य सचिवमा डा. बसन्त रावत चयन हुनुभएको छ । त्यसैगरी, कार्यसमितिको सदस्यहरूमा डा. योगेश प्रसाद वैद्य, डा. खिम प्रसाद भुसाल, डा. गणेश अधिकारी, डा. मनोज कुमार यादव र महिला सदस्यको रूपमा डा. आश्मा के.सी. सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अधिवेशन सम्पन्न भएसँगै नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न संघ–संस्था, आयुर्वेद क्षेत्रका विज्ञ तथा सुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नयाँ नेतृत्वले लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्सा पद्धतिको विकास, विस्तार र चिकित्सकहरूको हकहित संरक्षणमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ । अधिवेशनको उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।



















