दाङ । तुलसीपुरमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर ६ घर भई हाल तुलसीपुर ५ बसपार्कमा ठुलावुवा बेद बहादुर बस्नेतकोे घरमा बस्दै आएका ७ बर्षीय बालक आर्यमान बस्नेतको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार सोमबार बिहान ५ बजेतिर पिसाब फेर्न निस्केको बेला बरन्डाबाट खसेर मृत्यु भएको हो ।
तीन तला माथिबाट नालामा खस्दा गम्भिर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममो निधन भएको हो ।
ति बालक आफ्ना ठूला बुवाको छोरासंग सुतेका थिए । एउटै स्कुलमा पढ्ने भएकाले पनि उनी ठुला वुवाको घरमा बस्दै आएको प्रहरीले बताएको छ । तर, उनका हजुर आमा र वुवाले घटना शंकास्पद रहेको बताएका छन् ।
बालककी आमा वैदेशिक रोजगारीमा रहेको र बुवा दोघरे बस्दै आएका छन् ।






















