२०८३ भाद्र ८ गते सोमवार

मोतिपुरमा २५ लाखको लगानीमा ‘मिलन रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन, दुई जनाले पाए रोजगारी


दाङ । दाङको तुलसीपुरमा पर्यटकीय तथा आतिथ्य सत्कार (होटेल) क्षेत्रमा नयाँ लगानी थपिने क्रम जारी छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७, मोतिपुरमा करिब २५ लाख रुपैयाँको लगानीमा ’मिलन रेष्टुरेन्ट एण्ड लज’ सञ्चालनमा आएको छ ।

युवा व्यवसायी मिलन भण्डारीले सञ्चालनमा ल्याउनुभएको हो । रेष्टुरेन्ट तथा लजको बिहीबार ६२ वर्षीय बुवा बिष्णुप्रसाद भण्डारीले उद्घाटन गर्नुभएको हो।

व्यवसाय सञ्चालनमा आएसँगै स्थानीय दुई जना युवाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । दुई जनालाई रोजगारीसंगै आफुहरु पनि स्वरोजगार बनेको संचालक मिलन भण्डारीले बताउनुभयो ।

सञ्चालक मिलन भण्डारीका अनुसार ग्राहकहरूको रोजाइ र सुविधालाई ध्यानमा राख्दै पूर्ण रूपमा पारिवारिक वातावरणमा स्वादिष्ट परिकारका साथै बस्नका लागि व्यवस्थित, सफा र सुविधायुक्त कोठाहरूको प्रबन्ध मिलाइएको छ ।

स्थानीयस्तरमै उद्यमशीलताको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा ल्याइएको सञ्चालक भण्डारीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस