दाङ । दाङको तुलसीपुरमा संचालित भिक्टोरिया ट्युसन सेन्टरका संचालक केशब लामिछानेको बाढी प्रभावित राहत कोषमा आर्थिक सहयोग गर्नुभएको छ । तुलसीपुर–७ निवासी लामिछानेले १५ हजार सहयोग गर्नुभएको हो ।
बुधबारको बिनाशकारी बाढीले नागरिकहरूलाई समस्यामा पारेको घडीमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सो सहयोग गरिएको लामिछानेले बताउनुभयो ।
शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका लामिछाने सामाजिक तथा मानवीय कार्यमा समेत निरन्तर अग्रसर रहँदै आउनुभएको छ । संकटको यो कठिन समयमा स्थानीय व्यवसायी तथा शिक्षाप्रेमीको रूपमा उहाँले देखाएको यो अग्रसरताको स्थानीय स्तरमा प्रशंसा भइरहेको छ ।






















