२०८३ कार्तिक २० गते शुक्रवार

त्रिदेव इंलिस बोर्डिङ स्कुलद्वारा बाढी प्रभावितलाई आर्थिक सहयोग


दाङ । तुलसीपुर उपमहानगरपालिका–७ स्थित त्रिदेव इङ्ग्‌िलस बोर्डिङ स्कुल तथा शिक्षक कर्मचारी परिवारले बाढीपीडितहरूका लागि आर्थिक राहत सहयोग प्रदान गरेको छ ।

‘समुदायसँगै हातेमालो, विपद्मा सहयोग हाम्रो संकल्प’ भन्ने मूल नाराका साथ विद्यालय परिवारले ’प्रधानमन्त्री विपद् राहत कोष’ मा ५१ हजार १११ रुपैयाँ सहयोग रकम जम्मा गरेको हो ।

बिहीबार सिद्धार्थ बैंकको अनलाइन माध्यम मार्फत उक्त रकम विपद् राहत कोषको आधिकारिक खातामा हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक मनोज हमालले बताउनुभयो ।

प्राकृतिक विपत्ति र कठिन घडीमा पीडित परिवारको साथमा रहनु सामाजिक र मानवीय कर्तव्य भएको भन्दै विद्यालयले समाजप्रतिको उत्तरदायित्व बहन गर्दै सहयोग रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस