दाङ । रसुवा बाढीमा प्रभावित दाङका ११ जनाको उद्धार भएको छ । रसुवामा आएको विनाशकारी बाढीपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले उद्धार गरिएका व्यक्तिहरूको अध्यावधिक विवरण सार्वजनिक गरेको हो ।
उद्धार गरिएकाहरुमा शिव गिरी (पुरुष, ४४ वर्ष) , देव प्रसाद चौधरी (पुरुष, २८ वर्ष) , उमेश चौधरी (पुरुष, २७ वर्ष) , सुनिता तामाङ (महिला, २१ वर्ष), भानु न्यौपाने (पुरुष, ४६ वर्ष) , प्रदीप गिरी (पुरुष, ४७ वर्ष), महादेव रावत (पुरुष, ३६ वर्ष) , अमृता गिरी (महिला, ५० वर्ष), निमा शर्मा रावत (महिला, २९ वर्ष), मनिला रावत (बालिका १४ वर्ष), मनिषा रावत (बालिका, ९ वर्ष) रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी रहेको र विवरण प्राप्त हुने क्रम चलिरहेको छ ।






















