२०८३ कार्तिक २० गते शुक्रवार

भोटेकोसीमा बढीपछि बेपत्ता जनक शाहका परिवारलाई वडाको १५ हजार आर्थिक सहयोग


दाङ । भोटेकोसी नदीमा आएको बाढीपछि बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुरका युवा जनक शाहको खोजी कार्यका लागि वडा कार्यालयले आर्थिक सहयोग गरेको छ ।

बेपत्ता शाहका बुवा हरिबहादुर शाहलाई खोजी तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले वडाको तर्फबाट नगद १५ हजार सहयोग प्रदान गरिएको वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो ।

जेसिबी चालक शाहको शीघ्र खोजी तथा उद्धारको लागि स्थानीय प्रशासन र सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको वडा अध्यक्ष रावतले जानकारी दिनुभयो ।

सहयोग रकम बुझ्दै बेपत्ता जनकका बुवा हरिबहादुर शाहले वडा कार्यालयले देखाएको यो अभिभावकत्व र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै छोराको खोजी कार्यमा थप पहल गरिदिन सबैसमक्ष आग्रह गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस