दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ ग लाइनमा रहेको गौरव सप्लायर्सले रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ ।
गौरव सप्लायर्सका सञ्चालक नारायण भण्डारीले बुवा दिनामणी भण्डारीको ३२औँ स्मृतिको अवसरमा सप्लायर्सको तर्फबाट बाढीपीडितका लागि आर्थिक सहयोग गरेको बताउनुभयो ।
दिवंगत बुवाको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै भण्डारीले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय रुपैयाँ जम्मा गर्नुभएको हो । रसुवामा आएको बाढीका कारण प्रभावित बनेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको भण्डारीले बताउनुभयो ।
उहाँले बुवाको स्मृतिमा हरेक वर्ष विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ । यस वर्ष भने विपद्मा परेका रसुवाका नागरिकलाई सहयोग आर्थिक सहयोग गर्नुभएको हो ।

























