२०८३ असोज २१ गते बुधवार

दाङमा बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु


दाङ ।
दाङको बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

बसको ठक्करबाट सल्यानको शारदा नगरपालिका–२ खलङ्गा घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा अन्दाजी दुई वर्षीय आयन नेपालीको उपचारको क्रममा निधन भएको हो ।

बालकलाई बसले तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा ठक्कर दिएको हो ।

बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा बालक घाइते भएका थिए ।

गम्भीर घाइते आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस