२०८३ मङ्सिर ६ गते आइतवार

रुकुम पश्चिममा जिप दुर्घटना :  २ जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी वेदबहादुर पौडेलका अनुसार, दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

सोमबार बिहान आठबिसकोट नगरपालिका—५, थापागाउँबाट नयाँडाँडा भन्ने ठाउँमा जाँदै गरेको भे १ च ३११२ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिप सडकबाट ३० मिटर तल खसेको छ ।

दुर्घटनामा घाइतेमध्ये केही गम्भीर छन् भने केहीको अवस्था सामान्य छ । घाइतेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । थप विवरण भने आउन बाँकी छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस