२०८३ मङ्सिर ६ गते आइतवार

दाङमा दुई मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


दाङ । दाङको गढवामा दुईवटा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

गढवा–बेला सडक खण्डको गढवा गाउँपालिका–६ परिचोकमा बुधबार साँझ भएको दुर्घटनामा गढवा गाउँपालिका–७ मानपुर निवासी ३० वर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार साँझ करिब सवा सात बजेतिर बेलाबाट गढवातर्फ आउँदै गरेको लु ६ प ७७३ नम्बरको मोटरसाइकलले सोही दिशाबाट गइरहेको साइकललाई ठक्कर दिएको हो । त्यसै क्रममा पछाडिबाट आउँदै गरेको लु ८४ प ९८८४ नम्बरको अर्को मोटरसाइकलले समेत साइकलयात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते चौधरीलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइएकोमा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस