दाङ । दाङमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका ४० वर्षिय रेणु शाहको उपचारका क्रममा मृत्यु भएको छ । गत मङ्सिर ४ गते बागमती प्रदेश ०१–०२६ च ५२७९ नम्बरको गाडीले शाह सवार रा ८ प १७६४ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँस्थित गुम्बा नजिकै गाडीको ठक्करबाट गम्भीर घाइते शाहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ।
दुर्घटनामा परी गम्भीर घाइते भएका शाहलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । उहाँको उपचारका क्रममा हिजो बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका २८ वर्षीय शुभम नेपाल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























